भाद्र ३१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गाँठो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर निकै सस्पेन्स तरिकाले सार्वजनिक गरिएको छ । पेन्टिङ्ग सिक्न चाहेकी एक यूवती र पेन्टिङ्ग गर्ने एक यूवकको कथा चलचित्रले पेश गरेका सार्वजनिक ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । ट्रेलरको अन्तिम एक दृश्य हेर्दा कतै कलाकार नाजिर हुसेन चलचित्र ‘गाँठो’ मा भिलेनको भुमिकामा पो छन् कि भन्ने महशुस गराउँछ । निर्देशक सुरज भुषालले निर्देशन गरेको यो चलचित्रमा नम्रता श्रेष्ठ, नाजिर हुसेन र अभय बराल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । यो चलचित्रले परिवार,प्रेमका सम्बन्धमा आउने गाँठोलाई उठान गरेको निर्देशक भुषालको भनाई छ । बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा तिलक श्रेत्री र सुरज भुषालले मिलेर यो चलचित्र बनाएका हुन् ।