सौगात मल्ल र प्रियंका कार्की मुख्य भूमिका रहेको फिल्म ‘फाटेको जुत्ता’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। फिल्मका निर्माता अर्जुन कुमारले सामाजिक संजाल फेसबुक मार्फत पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा फाटेको जुत्ता लगाएको मानिस उभिएको देखिन्छ जहाँ त्यस मानिसको कम्भर मुनिको भाग मात्र देखाइएको छ। फाटेको जुत्ता लगाएको खुट्टाको छेउमा मुख बाँधिएको बोरा पनि छ।
कात्तिक १७ गतेलाई रिलिज मिति घोषणा गरेको फिल्मलाई निकेश खड्काले निर्देशन गरेका छन्। अर्जुन कुमारको लगानी रहेको फिल्ममा सौगात र प्रियंकाकासँगै कामेश्वर चौरासिया, वुद्धि तामाङ लगायतको मुख्य भूमिका रहेको छ। कमेडी जनारमा निर्माण हुन लागेको फिल्मले मधेशको वास्तबिकतालाई उठान गर्न खोजेको छ।