चर्चित भारतीय अभिनेता प्रेम चोपडा नेपाल आएका छन् । राजधानीको दरबारमार्ग स्थित राइजिङ मलमा सोमबार अचानक भेटिँदा चोपडा प्रशंसकहरुबाट घेरिए अनि सेल्फीमा छाए । काठमाडौंमा आयोजना हुने एक विशेष कार्यक्रमको लागी चोपडा नेपाल आएको बताईएको छ ।
जानकारीमा आए अनुसार होटल हायातको ‘क्यासिने प्राईड’ सोमबार आयोजना हुन गईरहेको एक कार्यक्रममा उनि सहभागी हुनेछन् । आईतबार साँझ उनि नेपाल आईपुगेको जानकारीमा छ । सन् १९७० को दशकका चर्चित खलपात्र चोपडा पछिल्लो पटक ‘गोलमाल ३’ मा देखिएका थिए ।
वलिउडमा सय बढि फिल्म खेलिसकेका चोपडा पञ्जाबी फिल्म उद्योगमा पनि चर्चामा रहेको नाम हो । भारतको मुलधार तथा विभिन्न प्रान्तिय गरी उनले १ सय बढि फिल्ममा अभिनय गरिसकेका छन् । धमाल, कोइ मिल गया, चोरी चोरी छुप्के छुप्के, गोलमाल उनका पछिल्ला चर्चित फिल्म हुन् ।