भारतीय सेन्सर बोर्डको अध्यक्ष प्रसुन जोशी नियुक्त भएका छन्। केद्रीय फिल्म जाचपास समितिका अध्यक्ष बनेका प्रसुन प्रसिद्ध गीतकार हुन्। निर्वतमान अध्यक्ष पल्हाज निल्हानीलाई हटाउदै उनि नियुक्त भएका हुन्।
‘ब्लैक’, ‘तारे जमीन पर’, ‘भाग मिल्खा भाग’ जस्ता फिल्ममा प्रसुनले लेखेका गीतले चर्चा पाएका छन्। अध्यक्ष नियुक्त भएसँगै उनले भने ‘मलाई मेरो पदको कार्यभार धेरै थाहा छैन’ जोशीले थपे ‘म पदको मर्यादा बुझ्ने व्यक्ति हु जस्तो लाग्छ यसकारण काम फिल्मकर्मीकै हितमा हुनेछ।’