भदौ ९ गते श्रीकृष्ण जन्मअष्टमीमा प्रदर्शन हुन लागेको चलचित्र ‘शकुन्तला’ को अर्को नयाँ गीत रिलिज भएको छ । ‘कोही छ ?’ बोलको सार्वजनिक गीतमा नम्रता सापकोटाले आइटम डान्स गरेकी छिन् । गीतमा डा.कृष्णहरी बरालको शब्द, अर्जुन पोखरेलको संगीत र दुर्गा खरेलको स्वर रहेको छ । सार्वजनिक गीतको भिडियोमा माईकल चन्दले कोरियोग्राफी गरेका छन् । नायक राजेश हमाललाई नारीको रुपमा प्रस्तुत गराइएको चलचित्र शकुन्तलामा अनु शाह, किशोर खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।