फिल्म ‘समर लभ’ को छायाँकन सुरु भएको छ। सुविन भट्टराईको चर्चित पुस्तक ‘समर लभ’मा आधरित भएर निर्माण हुन् लागेको फिल्म ‘समर लभ’को यही सोमबारदेखि छायाँकन सुरु गरिएको हो। मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म ‘समर लभ’मा आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहने छ। निर्देशक ढकालले यस अघि फिल्म ‘नाई नभन्नु ल ३’ निर्देशन गरिसकेका छन् भने आशिष र रेवती यसै फिल्मबाट डेब्यु गर्दै छन्। उनीहरु ‘समर लाभ’ उपन्यासका दुई पत्र अतित र सायाको भूमिकामा देखिनेछन्।
‘समर लभ’ पुस्तकका लेखक सुविन भट्टराइकै लेखन रहेको फिल्म ‘समर लभ’मा सामिप्यराज तिमल्सिनाको पटकथा तथा संवाद रहने छ। पुष्पन प्रधानको संगीत रहने फिल्मलाई संजय लामाले खिच्नेछन्। नाइटेङ्गल फिल्मस’को ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी हुन्। फिल्ममा सपन सरकार, ईन्दु भण्डारी र मनु बिकको समेत लगानी रहने छ।६० दिनको समय तालिका सहित छायाँकनमा निस्किएको फिल्मको काठमाण्डौं, पोखरा, धनगढी साथै नर्वेमा समेत छायाँकन गरिनेछ। नर्वेको सुटिङ भने दशैंपछि मात्र गरिने निर्देशक तथा निर्माता ढकालले बताए। फिल्ममा आशिष र रेवतीसँगै नम्रता सापकोटा, शिशिर भण्डारी, अभिषा खनाल, इन्दु भण्डारी, पुर्णिमा थापा, मानस थापा लगायतको अभिनय छ।