पोर्नस्टार हुँदै बलीउड चलचित्रमा प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनले छोटो समयमा नै बलीउडमा आफ्नो राम्रै कब्जा जमाइसकेकी छिन् । उनले अभिनय गरेका चलचित्रले सफलता भन्दा पनि उनको बोल्ड दृश्यका कारण चर्चा पाउने गर्छन । बोल्ड दृश्य दिएर नै बलीउडमा राज गरिरहेकी सन्नीले लाखौ प्रशंसक बनाइसकेकी छिन् । उनको एक झल्को हेर्न र उनीसँग एक फोटो खिच्न प्रशंसकहरुको राम्रै भिड लाग्ने गर्छ । तर उनी बच्चामा एक व्यक्तिको निकै ठुलो फ्यान थिइन । उनी चाहन्थिन कि उक्त व्यक्तिसँग एक फोटो खिचुँ । र हालै सन्नीको बच्चादेखीको सपना पुरा भएको छ । एक समय डब्लुडब्लुडब्लु विश्व च्यापियन रहेका कुस्तीवाज द ग्रेट खलीसँग एक फोटो खिचाउने सन्नीको सपना थियो । हालै एक हवाई यात्राको क्रममा उनीले उक्त अवसर पाएकी छिन् । आफ्नो इन्स्टाग्राममा द ग्रेट खलीसँग बसेको एक फोटो पोष्ट गर्दै बच्चादेखीको सपना पुरा भएको लेखेकी छिन् ।