मुम्बई(एजेन्सी) । गत वर्ष रिलिज सलमान खानको फिल्म ‘सुल्तान’ले बक्स अफिसमा मात्र होइन्, सलमानको एक्सन इमेजलाई पनि उत्कृष्ट फर्ममा दर्शकमाझ देखाइदियो । सुल्तान पछि रिलिज भएको ट्युबलाईटले सलमानको इमेजलाई गिराइरहँदा सुल्तानले भने अहिले नयाँ रेकर्ड राखेर सलमानको स्टारडमलाई पुन ब्युताउने प्रयास गरेको छ ।
समाचार अनुसार सुल्तानले भारतमा सुल्तान नामको सबैभन्दा बढी हैशटैग बनाउने फिल्मको सूचीमा नम्बर एकमा आफ्नो नाम दर्ता गराएको छ । ट्वीटर इण्डियाले आफ्नो अफिसियल हैण्डलबाट यो घोषणा गरेको हो । ट्वीटरले यो वर्ष तीन ह्यासटैगको १० औं वार्षिकोत्सव मनाउँदैछ । यसका लागि उसले विशेष किसिमको इमोजी पनि सार्वजनिक गरेको छ ।
अली अब्बास जफर निर्देशित फिल्म सुल्तानमा सलमानले एक मोर्डन रेसलरको भूमिका निर्वाह गरेका थिए । फिल्ममा अनुष्का शर्मा पनि शीर्ष भूमिकामा थिइन् । फिल्मले घरेलु बक्स अफिसमा ३ सय करोड बढी कमाई गरेको थियो ।