‘कुटुमा कुटु’ यो बर्षको सर्वाधिक हिट गीत हो। राजनराज सिवाकोटीको संगीतमा तयार भएको उक्त गीत फिल्म ‘दुई रुपैयाँ’मा समावेश छ। स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह, बुद्धि तामाङ फिचारीङ यो गीतको भिडियोले युट्युवमा अपलोड भएको छोटो समयमा नै करोड भ्युअर्स पाएको थियो। सर्वत्र चर्चामा रहेको यस भिडियोले युट्युबमा १ करेड ८० लाख बढी भ्युज पाइसकेको छ।
हेर्नुहोस् मेकिङ भिडियो :
कविराज गहतराजको नृत्य निर्देशन रहेको उक्त भिडियोको मेकिङ भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भिडियो हेर्दा गीतको भिडियो बनाउन निर्माण युनिटले खुबै मेहनत गरेको देखिन्छ। मेकिङ भिडियोमा गीत तयार गर्दा देखि पोस्ट प्रोडक्सनको काम गर्दा सम्मको कुरालाई समेटिएको छ।
गीतमा रजनराज शिवाकोटी, मेलिना राई र राजन इसनको स्वर रहेको छ। असिम शाहले निर्देशनमा तयार भएको फिल्म ‘दुई रुपैयाँ’ भदौ २३ गतेबाट प्रदर्शनमा आउदै छ।
हेर्नुहोस् अफिसियल भिडियो :