कात्तिक १७ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘आई एम सरी’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन्।
गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ। निरज कँडेलको छायाँकन रहेको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ। ‘अर्जुन कुमार फिल्मस्’को व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन्।
फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतको अभिनय छ। ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ। कमेडी जनराको निर्माण भएको यस फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन्।