फिल्म ‘छक्का पञ्जा २’को दोश्रो गीत ‘झ्याम्म झ्याम्म’ युट्युब ट्रेन्डिङको नम्वर एकमा परेको छ। युट्युबमा हालिएको चार दिन पश्चात गीतको भिडियोले ट्रेन्डिङको पहिलो स्थान पाएको हो। सोमबार साँझ अपलोड गरिएको गीतलाई हालसम्म करिब ९ लाखले हेरिसकेका छन्। किरण कंडेलको संगीतमा निर्माण भाको उक्त गीतमा उत्तम संजेलको शब्द रहेको छ भने हरिवंश आचार्य र आस्था राउतको स्वर दिएका छन्।
कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका कार्की, विल्सन विक्रम राई, दिपकराज गिरी र बुद्धि तामाङले नृत्य गरेका छन्। दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ असोज ११ गतेदेखि प्रदर्शनमा आउँदैछ।