मुम्बई(एजेन्सी) । छोटोपर्दामा पछिल्लो कैयौं वर्षदेखि च्यानल फेर्दै दर्शक हँसाउँदै आएका चर्चित कमेडियन कपिल शर्माको शो बन्द भएको छ । कपिलको स्वास्थ्य दिनानुदिन बिग्रन थालेपछि च्यानलले कपिलको शो बन्द गर्ने निर्णय गरेको हो ।
केही दिन अघि कपिललाई आफ्नो शोका लागि एक्सटेन्सन मिलेको खबर सार्वजनिक भएको थियो । कपिलले यो विषयमा खुशी व्यक्त गरे पनि उनको खुशी व्यक्त गराई २४ घण्टा बित्न नपाउँदै च्यानलले शोलाई ‘अफ इयर’ गरेको छ ।
च्यानलका प्रवक्ताले कपिल र च्यानलले हालका लागि शोबाट केही समय ब्रेक लिने निर्णय लिएको छ । हालका दिनमा कपिलको स्वास्थ्य अवस्था ठिक छैन । एकपटक कपिल पूर्ण रुपमा स्वस्थ भएपछि मात्र शोको सुटिङ शुरु गर्नेछन् । च्यानलले कपिलसँगको आफ्नो सम्बन्धलाई सदाका दिन झैं सुमधुर बनाउन चाहेको छ । जसका लागि कपिलको स्वास्थ्य ठिक हुनुपर्ने शर्त राखेको छ ।
हालका दिनमा कपिल आफ्नो बिरामीका कारण कैयौं फिल्मको प्रमोशन वाला सुटिङ रद्ध गरिरहेका थिए । केही दिन अघि अजय देवगन र उनको फिल्म ‘बादशाहो’को टिमलाई कपिलले खाली हात फिर्ता पठाइदिएका थिए ।