रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर झोले’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘ओखती’ बोलको गीतमा कालिप्रसाद बास्कोटाको संगीत, शब्द तथा स्वर रहेको छ। विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा दयाहाङ राई, दिया पुन र प्रविण खतिवडा फिचरिङ छन्।
पुष २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर झोले’मा शैलेन्द्र डि.कार्कीको छायाँकन, नेमिस श्रेष्ठको सम्पादन छ। ‘मिस्टर झोले’मा दयाहाङ, दिया र प्रविणसँगै पुष्कर गुरुङ, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ। फिल्मलाई सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनले निर्माण गरेको हो।