मुम्बई(एजेन्सी) । केही दिनदेखि अक्षय कुमार अनौठो किसिमको ट्वीट गरिरहेका थिए । कहिले उनी खुट्टाले खाने मन गरिरहेको छ त कहिले नर्भस छु भन्ने ट्वीट गरिरहँदा उनले पेटमा किक स्टार्ट हुन लागेको कुरा पनि छुटाएनन् । बलिउडका खेलाडी कुमारले चिनिएका अक्षयको यो सबै ट्वीट देखेका फ्यानले धेरै किसिमका अड्कलबाजी लगाइरहेका थिए । तर अब भने यो सस्पेन्सको पर्दाफास भएको छ ।
अक्षयका सबै फ्यानका लागि एउटा नयाँ खुशीको खबर छ । खबर यो हो कि अक्षय यतिबेला गर्भवती बनेका छन् । पुरुष पनि कतै गर्भवती हुनसक्छ ? भन्ने प्रश्न पनि नउठेको होइन । तर तपाई दिमाग सोचपूर्वक लगाउनुहोस् । अक्षय चाँडै नै टेलिभिजनमा कमेडी शो ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेञ्ज’मार्फत टेलिभिजनमा पुनरागमन गर्दैछन् । यो शोको सञ्चालन अक्षयले नै गर्नेछन् ।
स्टार प्लसमा प्रसारण हुने यो शोको अक्षयले ट्वीटरमार्फत प्रोमो सार्वजनिक गरेका छन् । शोको प्रोमोमा अक्षयलाई प्रष्ट रुपमा गर्भ बोकेको देख्न सकिन्छ । उनी आफ्नो पेटमा हुर्किदै गरेका ६ बच्चालाई बाहिर ल्याउन उत्सुक देखिन्छन् । अक्षयको चाहना पनि आफ्ना सन्तान विश्वकै ठूलो कमेडियन बनाउन चाहन्छन् । शोको लागि अडिसन शुरु भइसकेको छ ।
यो शोमा अक्षयका साथ स्वीडिश नायिका एली अवराम पनि देखिनेछिन् । समाचार अनुसार सुनिल ग्रोवर पनि यो शोको हिस्सा लिनसक्नेछन् । उनको भूमिका सुपर मेन्टलको हुनेछ ।