फिल्म ‘२ रुपैयाँ’मा समावेश गरिएको गीत ‘कुटुमा कुटु’ले युट्युबमा दुई करोड भ्युअर्स पाएको छ। अपलोड भएको दुई महिनामै भिडियोले दुई करोड भ्युअर्स पाएको हो। छोटो समयमा यति धेरै भ्युअर्स पाएको यो नै पहिलो गीत हो। राजनराज सिवाकोटीको संगीतमा तयार भएको यस गीतमा राजनराज सिवाकोटी, राजन ईशन र मेलिना राईले स्वर दिएका छन्। कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह र बुद्धि तमाङ फिचारीङ छन्।
भदै २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म २ रुपैयाँलाई अशिम शाहले निर्देशन गरेका हुन्। फिल्ममा निश्चल, आशिफ, बुद्धिसँगै टिका पहारी, मेनुका प्रधान, राजन इशान लगायतको अभिनय रहेको छ।