‘छक्का पञ्जा २’को ट्रेलर अहिले युट्युब ट्रेनिङको पहिलो स्थानमा छ। बुधबार साँझ ६ बजे सार्वजनिक भएको फिल्म ‘छक्का पञ्जा २’को ट्रेलर २४ घण्टा नबित्दै ६ लाख बढी ट्रेनिङको पहिलो स्थानमा आएको हो। गत वर्षको सर्वाधिक कमाई गर्ने फिल्म ‘छक्का पन्जा’को सिक्वेल फिल्म भएकाले पनि दर्शकमाझ ‘छक्का पञ्जा २’ प्रतिक्षित बनिरहेको छ।
दिपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘छक्का पञ्जा २’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, किरण केसी, बुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतको मुख्य भूमिका रहेको छ।
दीपक-दीपाको प्रस्तुतीमा तयार भएको फिल्ममा जीतु नेपाल, केदार घिमिरे(माग्ने बुढा), ताराचन्द्र चापागाँई, सुमन गिरीको संयुक्त लगानी रहेको छ। फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन्।