फिल्म ‘लिला’ तेस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘मिसावट छ पिरतीमा’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। युबराज चौलागाईले आवाज दिएको गीतमा डा.कृष्णहरि बरालको शब्द रहेको छ।
‘सिने दर्पण इन्टरटेमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मलाई रमेश कोइरालाले निर्देशन गरेका हुन्। सिपी पौडेल कार्यकारी निर्माता रहेको यस फिल्ममा लक्ष्मण बस्नेत र विमला घिमिरेको पनि लगानी रहेको छ। वसन्त सापकोटा र रमेश खड्काको संगीत रहेको फिल्ममा शिव ढकालको छायाँकन, सुवास देवकोटाको सम्पादन, कमल राईको नृत्य रहेको छ।
फिल्ममा संचिताका अलवा मलिना जोशी, राज कटुवाल, धुर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय छ।