फिल्म ‘साढे ७’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गायक सत्यराज आचार्य फोटो पत्रकारको भूमिकामा देखिएका छन्। ट्रेलरमा सत्यराज, मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल फिचारीङ छन्।
साम्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्म ‘साढे ७’मा २०७२ सालमा भारतले गरेको नाकाबन्दी पछि नेपालमा परेको समस्यालाई देखाउन खोजिएको छ।सुनिल थापाको प्रस्तुति रहेको फिल्मलाई ‘सत्यस्वरुप इन्टरटेन्टमेन्ट’, ‘ब्याल्क पेपर स्टुडियो’, ‘माउरी इन्टरटेन्टमेन्ट’ र ‘एबिसी एण्ड एआरसी ग्राण्डसन फिल्मस्’ले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्ममा सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, नरेश देव पन्त, डिजे सन्तोष र साम्तेम भुटियाको संयुत्त लगानी रहेको छ।