मुम्बई(एजेन्सी) । तेलुगु सुपरस्टार महेश बाबुको हरेक फिल्मले केही न केही धमाका गरिरहेको हुन्छ । महेश र ए आर मुरुगादोसको फिल्म ‘स्पाइडर’ले रिलिज भन्दा अघि नै कमाईमा नयाँ रेकर्ड राखेको छ । फिल्मले प्रि रिलिजमा १ सय ५७ करोड कमाएको छ । यो फिल्म १ सय २० करोड भन्दा कम बजेटमा बनेको हो ।
महेश बाबू– रकुल प्रीत सिंह स्टारर यो फिल्म एक स्पाई थ्रिलर फिल्म हो । फिल्मको निर्देशन ए आर मुरुगादोसले गरेका छन् । मुरुगादोसले यो फिल्म दुई भाषामा बनाएका छन् । तेलुगु र तमिल भाषामा बनेको यो फिल्म मलयालम, कन्नड , अरबी र अंग्रेजी भाषामा सब टाइटल गरेर विश्वभर चलाइनेछ ।
फिल्मले थिएटर राइटस्का आधारमा सबै भाषामा १ सय २० करोड कमाएको छ । यसका अलावा सेटेलाइट राइट्समा फिल्मले ३३ करोड कमाएको छ । त्यस्तै अडियो राइट्सबाट २ करोड पाइसकेको छ । रिलिज अघि नै यति धेरै कमाएको फिल्मले आफूलाई बाहुबली, बाहुबली २ र कबालीको सूचीमा राखिसकेको छ ।