नायक प्रदीप खड्काको मुख्य भूमिका रहने गरी फिल्म ‘लिलिबिली’को निर्माण घोषणा गरिएको छ। मंगलबार राजधानीको पाँच तारे होटलमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। कमेडीसँगै लाभ स्टोरी जनारमा निर्माण हुन लागेको फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछन्।
‘काफिया फिल्मस्’, ‘सुदीप खड्का प्रोडक्सन’ र ‘चाम्स इन्टरटेन्टमेन्ट’को संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्कासँगै अनुप विक्रम शाही, जसिता गुरुङ, रेबिका गुरुङको मुख्य भूमिका रहने छ। जसिता र रेबिकाले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन्।
कार्यक्रममा कलाकारको रौनक अलि फरक देखिएको थियो। जब उद्घोषकले नायिकाको नाम लिए उनीहरु दुई/दुई बर्डिगर्ड सहित स्टेजमा पुगे। अन्त्यमा बोलाइएका नायक प्रदीप खड्का भने चार जना बढीगार्ड सहित उपस्थित भए। कलाकारलाई बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान भएको बताए।
करिव २ करोड ५० लाखको लागतमा निर्माण गर्न लगिएको उक्त फिल्मलाई स्कटल्याण्ड र इङल्याण्ड खिचिने छ। कत्तिक ७ गतेदेखि छायाँकन सुरु गरिने फिल्मलाई यसै वर्षको चैत ३० गतेदेखि प्रदर्शनमा ल्याइने छ।