मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार जूनियर एनटीआरले बक्स अफिसमा ठूलो तहल्का मच्चाएका छन् । उनको फिल्म ‘जय लव कुश’ दुई दिनमा ६० करोड भन्दा बढी रुपैंयाँको ऐतिहासिक कमाई गरेर बलिउडमा राम्रा भनिएका कलाकारको निन्द्रा नै बिगारिदिएको छ । यो फिल्म शाहरुखÞ–सलमान त कुरै छाडौं, बाहुबलीलाई पनि खतरामा पारिदिएको छ ।
के एस रविन्द्र निर्देशित यो फिल्म तेलुगूको एक्सन ड्रामा फिल्म हो । यो फिल्म गत बिहीबारबाट विश्वभरी रिलिज भएको छ । फिल्मले दुई दिनमा विश्वव्यापी रुपमा ६० करोड बढी रुपैंयाँ कमाई गरेको छ । फिल्मले पहिलो दिन ४९ करोड रुपैंयाँ कमाई गरेको थियो ।
यो फिल्म अमेरिकामा सबैभन्दा बढी कमाउने तेस्रो तेलूगू फिल्म पनि बनेको छ । आन्ध्रा प्रदेशका पूर्व मूख्य मन्त्री एनटी रामारावका नाति जूनियर एनटीआरले यो फिल्ममा तेहोरो भूमिका निभाएका छन् ।