बलिउड अभिनेता साहरुख खान रमाइलो जवाफ दिनका लागि निकै माहिर छन् । पत्रकारको प्रश्नमा कस्तो जवाफ दिनुपर्छ भन्ने उनलाइ राम्रोसँग थाहा छ । यसपटक पनि उनले दिएको एउटा जवाफले निकै चर्चा पाइरहेको छ ।
बिहिबार मुम्बइमा आयोजना भएको ‘टेड टक इन्डिया’को पत्रकार सम्मेलनमा एक रिपोर्टरले उनलाइ सलमान..सलमान भन्दै बोलाएकी थिइन् । केही समय त साहरुखले, उनको कुरा नसुने जस्तै गरे । तर, उनले बारम्बार सलमान भन्दै बोलाइन् । तर, पछि उनले माफी माग्दै साहरुख भनिन् ।
ती रिपोर्टरले आफ्नो नाम लिपिका भनेकी थिइन् । साहरुख पनि के कम । उनले पनि भने–‘एस दीपिका ।’साहरुखले ‘लिपिलकालाइ दीपिका भनेपछि, सरी भने ।’ तर, साहरुखले रिपोर्टरसँग जस्ताको जस्तै गर्नका लागि जानी जानी दीपिका भनेको प्रष्ट हुन्थ्यो ।