सात बर्षसम्म प्रेममा रमाएका भनिएका अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावत अहिले एक अर्कालाइ गाली गर्नमा व्यस्त छन् । सात बर्षमा भएका विभिन्न घटनालाइ उनीहरुले मिडियामा निर्धक्क खोलिरहेका छन् । यसमा अभिनेत्री कंगना रनावत अझ अगाडि छिन् ।
कंगनाले ऋतिकमाथि निरन्तर प्रहार गरिरहँदा ऋतिक भने चुप थिए । तर, यसपटक भने ऋतिकले कंगनालाइ गतिलो जवाफ दिएका छन् । सामाजिक संजालमा ऋतिकले लेखेका छन्–‘म र कंगनाविच कहिले पनि प्राइभेट भेटघाट नै भएको छैन । २ चर्चित सेलिव्रेटी ७ बर्षसम्म प्रेममा रहन्छन् तर यसको कुनै प्रमाण नै छैन । मेरो र कंगनाविच कामका लागि भेटघाट भएको छ, तर हामी प्राइभेट रुपमा कहिल्यै पनि भेटेनौ ।’
ऋतिकको यो भनाइमा कंगनाकी बहिनी रंगोलीले भने कडा जवाफ दिएकी छिन् । उनले ट्विटरमा ऋतिक र कंगनाको अंकमाल गर्दै गरेको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्–‘ऋतिक के तिमीलाइ यो तस्बिर पनि फोटोसपबाट बनाए जस्तो लाग्छ । के तिमी यो तस्बिरमा छैनौ, जो कंगनाको खुश्वुमा डुबेका छौ ।’
रंगोलीको यो जवाफपछि फेरि एकपटक कंगना र ऋतिकको प्रेम लफडा चर्किने देखिएको छ ।