फिल्म ‘पशुपति प्रसाद’का सफल कलाकार तथा लेखक खगेन्द्र लामिछानेले अब डण्डिबियो खेल्ने भएका छन् । फिल्मको पर्दामा फरक भूमिका निर्वाहा गर्न सिपालु मानिने खगेन्द्रले अब छेतन गुरुङको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘डमरुको डण्डिबियो’मा मुख्य भूमिका निर्वाहा गर्ने भएका हुन् । उनको साथमा फिल्ममा अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ मुख्य भूमिकामा हुनेछन् ।
असोज २२ गते आइतबारदेखि छायांकनमा जाने फिल्मलाइ काठमाण्डौ र लम्जुङको घले गाउँमा खिचिने निर्माणपक्षले काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा बतायो । ४० दिनसम्म छायांकन गरिने फिल्मको बजेट डेढ करोड बताइएको छ ।
फिल्मले नेपालबाट लोप हुँदै गएको डण्डिबियो खेलको विकास र विस्तारमा सहयोग गर्ने निर्देशकको विश्वास छ । सुमी श्रेष्ठ र विनोद गुरुङ यो फिल्मका निर्माता हुन् । यसैबर्ष यो फिल्म रिलिज हुनेछ ।