बलिउडमा सय करोड क्लब चर्चित छ । सय करोड क्लबमा प्रवेश गर्ने फिल्मलाइ हिट मानिन्छ । नेपालमा भने करोड क्लब चर्चित छ । कुनै फिल्मले ग्रसमै करोड कमायो भने पनि हिट भनेर चर्चा गर्ने परिपाटी छ ।
तर, अब करोड क्लबको कुरा छाड्नुहोस् । फिल्म ‘छक्का पन्जा २’ले १० करोडको क्लबलाइ बहसमा ल्याइदिएको छ । नेपाली फिल्मले १० करोड ग्रस कमाइ गर्नु निकै दुर्लभ कुरा हो ।
यसअगाडि, फिल्म ‘छक्का पन्जा २ र कोहिनुर’ले १० करोडको क्लबमा आफूलाइ प्रवेश गराएका थिए ।
तर, अब फिल्म ‘छक्का पन्जा’ले पनि १० करोड ग्रस गरेको छ । फिल्मले १० दिनमै यो आँकडा छोएको निर्माता दीपकराज गिरीले बताएका छन् । उनका अनुसार, इनिसियल व्यापारका कारण, विचमा फिल्मको व्यापार केही तलमाथि भएपनि १० दिनमा १० करोडको व्यापार गर्न फिल्म सफल भएको हो ।
दीपाश्री निरौला निर्देशित फिल्मले काठमाण्डौ र देशभरकै मल्टिप्लेक्समा अझै उत्साहजनक व्यापार गरिरहेको छ ।