५२ बर्षमा प्रवेश गर्दै गरेका बलिउड अभिनेता सलमान खानले मुम्बई फिल्म नगरीमा पाईला टेकेको २९ बर्ष पुरा भएको छ । २३ बर्षको उमेरमा चलचित्र बीबी हो तो ऎसीबाट फिल्म यात्रा सुरु गरेका सलमानले उनको पछिल्लो चलचित्र ‘ट्यूबलाइट’ सम्म आइपुग्दा कुल ११५ वटा चलचित्रमा काम गरिसकेका छन । सलमानलाई रातारात स्टार बनाउने चलचित्र हो सुरज बडजात्याको ‘मैने प्यार किया’ ।

२९ बर्षमा सलमानले यस्तो छवि बनाएका छन् की उनले जे गर्छन, उनका फ्यान त्यसैलाई पछ्याउँछन् । चाहे उनको भेषभूषा होस् या ‘लुक्स’ नै किन नहोस् । सलमानले आफ्नो ‘गेटअप’ प्रत्येक पटक परिवर्तन गरेका छन् र उनका फ्यानले यसलाई मनपराएका छन् । निकै आरोह अवरोहका बीच २९ बर्ष पार गरेका सलमानको फिल्मी करियर चुनौतीपूर्ण तर सफल मानिन्छ । प्रेममा असफल सलमान सलमान अभिनित अधिकांश चलचित्रमा उनको नाम प्रेम हुने गर्छ र उनका प्रेममये चलचित्र ले दर्सकहरु को मन न छुने कुरै भएन पर्दामा प्रेम गर्न सिपालु सलमान वास्तविक जिबनमा भने प्रेममा असफल मानिन्छ्न ।

सन् १९९९ देखी बलिउड अभिनेत्री ऐश्वर्या रायसंग रहेको प्रेम सम्बन्ध २००१ सम्म आईपुग्दा टुट्न पुग्यो । ऐश्वर्या रायसंगको प्रेम असफल भए पछी निकै विक्षिप्त बनेका सलमानले फेरी प्रेम गर्ने सहास जुटाए सन् २००३ मा । उनको प्रेम सम्बन्ध एकाएक कैटरीना कैफसंग विकसित हुन थाल्यो ।
त्यसपछि दुई जनाको प्रेम सम्बन्धले मिडियामा राम्रै चर्चा पनि पायोसंगै केही फिल्ममा पनि अभिनय गरे तर यी दुईको सम्बन्ध पनि दिगो हुन सकेन । कैटरीना कैफले सन् २०१० एक टेलिभिजन कार्यक्रमलाई दिएको एक अन्तरबार्तामा भनिन् , हो कुनै समय म सलमान को प्रेममा थिए तर सन् २०१० बाट त्यो सम्बन्धमा पूर्णविराम लागिसकेको छ । अब सलमान मेरो लागी केबल एउटा मित्र मात्र हुन् । । कुनै समय सलमानको पुरनी अभिनेत्री संगीता बिज्लानी र साम्या अलि संग प्रेम सम्बन्ध रहेको थियोे ।