अभिनेता रणवीर कपुर अहिले एउटा हिट फिल्मको खोजीमा छन् । लगातार बक्स अफिसमा असफल फिल्म दिएका कारण उनको करिअर अप्ठ्यारोमा छ । यसैले, उनी लगातार राम्रा फिल्ममा काम गरिरहेका छन् ।
अभिनेता संजय दत्तको बायोपिकमा काम गरिसकेपछि अभिनेता अहिले आफ्ना नजिकका साथी आयान मुखर्जीको नयाँ फिल्म ‘ड्रेगन’मा काम गरिरहेका छन् । यो फिल्मका लागि रणवीरले शरीरको तौल पनि कम गरेका छन् । यो एक सुपरहिरो फिल्म हो ।
यो फिल्ममा रणवीरको साथमा अभिनेत्री आलिया भट्टले काम गरिरहेकी छिन् । तर, अब यो फिल्मको नाम परिवर्तन गरिएको छ । भारतीय मिडियाका अनुसार फिल्मको नाम अब, ‘ब्रह्मअस्त्र’ राखिएको छ । सुपहिरो फिल्म भएका कारण पनि यो फिल्मको नाम कहिले नहार्ने ब्रम्हाको अस्त्रसँग जोडिएको हो ।