असार महिनादेखि हेर्ने हो भने नेपाली फिल्मले निकै सुन्दर व्यापार गरिरहेका छन् । असारदेखि हरेक महिना एउटा फिल्मले बम्पर व्यापार पनि गरिरहेको छ । असारमा ‘म यस्तो गीत गाउँछु’, साउनमा ‘प्रेमगीत २’, भदौमा ‘ए मेरो हजुर २ र २ रुपैयाँ’, असोजमा ‘छक्का पन्जा २’ले निकै राम्रो व्यापार गरे ।
अब, हरेक महिना एउटा नेपाली फिल्म चलेको अवस्थामा कात्तिकमा कुन फिल्मले दर्शकलाइ हलसम्म तान्ने हो भन्ने चर्चा सुरु भएको छ । यतिबेला, कात्तिकमा रिलिज हुन लागेका फिल्ममध्ये धेरेको आँखा, रमेश उप्रेतीको निर्माता तथा अभिनयमा तयार भएको फिल्म ‘ऐश्वर्य’ माथि परेको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र दीपिका प्रसाइको मुख्य भूमिका छ ।
फिल्मको ‘तिमी रोएको पल’ बोलको गीत सुपरहिट भैसकेको छ भने ट्रेलरमा देखिएको फिल्मको मेकिङलाइ पनि दर्शकले रुचाएका छन् । यसैले, पनि कात्तिक महिना ‘ऐश्वर्य’ले जोगाउने धेरैको विश्वास छ ।
निर्माता तथा अभिनेता रमेश उप्रेती पनि फिल्मको मेकिङमा कुनै संझौता नगरेको बताउँछन् ।