बलिउडमा मसला फिल्म बनाउन निर्देशक रोहित सेट्टीलाइ कसैले पनि सक्दैन । रोहित, यो तिहारमा आफ्नो नयाँ फिल्म ‘गोलमाल एगेन’का साथ दर्शकलाइ मनोरञ्जन दिन आउँदैछन् ।
तर, उनी योसँगै नयाँ फिल्मको तयारीमा पनि जुटेका छन् । रोहितले, अभिनेता रणवीर सिंहलाइ लिएर एक साउथ फिल्मको रिमेक बनाउँदैछन् । साउथमा सर्वाधिक हिट भएको फिल्म ‘टेम्पर’को रिमेकमा रणवीरसँग रोहितले काम गर्दैछन् । यो फिल्मको छायांकन कहिले सुरु हुन्छ भन्ने प्रतिक्षा दर्शकलाइ छ ।
रोहितका अनुसार, उनी डिसेम्बरमा फिल्मको फाइनल ड्राफ्टका लागि काम गर्नेछन् । उनका अनुसार, फिल्मको छायांकन आउँदो बर्षको मे महिनाबाट सुरु हुनेछ । उनले अभिनेता रणवीरमा निकै जोश भएको समेत बताए । बलिउडमा जो कोहिपनि उनकै चर्चा गर्नमा व्यस्त रहेको भन्दै रोहितले उनीसँग आफ्नो बोन्डिङ गजबको हुने बताए । रोहितले ‘टेम्पर’ राइट्स किनेको समेत बताए ।