नेपाली फिल्म क्षेत्रलाई विदेशमा बस्ने नेपालीहरुले निकै माया गर्छन् । उनै, कलाकारहरुले मिलेर खोलेको ‘अन्तरराष्ट्रिय कलाकार समाज’ले ‘पाँचौ इनास फिल्मी अवार्ड’ आयोजना गरेको छ । काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजना भएको अवार्डमा विभिन्न २० विधामा अवार्ड प्रदान गरियो । यस्तै, कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट हाँस्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सम्मानित गरियो ।
यस्तै, ‘इनास विशिष्ट सम्मान’बाट राष्ट्रकवि माधवप्रसाद घिमिरे, इतिहासविद् सत्यमोहन जोशी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, निर्देशक तथा गीतकार चेतन कार्की, नृत्यांगना विमला श्रेष्ठ रहेका थिए । इनासका ग्लोबल अध्यक्ष पुष्प बडुवालले यो अवार्ड गर्नुमा आफूहरुको कुनै स्वार्थ नभएको र नेपाली कला, संकृतिको विकास गर्न चाहेको बताए ।
कार्यक्रममा नायक सलोन बस्नेत र नायिका करिश्मा श्रेष्ठको नृत्य, संगीतकारद्धय बसन्त सापकोटा, राजनराज सिवाकोटीको गायन, कलाकार रोहित रुम्बाको नृत्य प्रस्तुतीले माहोललाइ मनोरञ्जन दिएको थियो । कार्यक्रमको प्रस्तुतकर्ता संस्था अन्तराल इन्टरनेशनलका सुदिप रेग्मीलाई पनि समारोहमा सम्मानित गरिएको थियो ।
कार्यक्रममा विभिन्न २ विधामा जुरी अवार्ड पनि प्रदान गरियो । जुरी अवार्ड अन्र्तगत उत्कृष्ट फिल्ममा ‘घामपानी’ र उत्कृष्ट निर्देशकमा दिपेन्द्र खनाललाई अवार्ड प्रदान गरियो । यस्तै, फिल्म तुइमति, दर्पणछाया २, नमस्ते नेपाल र फन्कोलाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ ।
इनासको विजेताहरुको सम्पूर्ण नामाबली यसप्रकार छ ।
१. उत्कृष्ट चलचित्रः जात्रा
२. उत्कृष्ट निर्देशकः मिलन चाम्स(विर विक्रम)
३. उत्कृष्ट नायकः विपिन कार्की(जात्रा)
४. उत्कृष्ट नायिकाः श्रृजना सुब्बा(डाइङ क्यान्डल)
५. उत्कृष्ट सह–अभिनेताः माओत्से गुरुङ(पुरानो डुङ्गा)
६. उत्कृष्ट सह–अभिनेत्रीः बर्षा राउत(छक्का पन्जा)
७. उत्कृष्ट नव–अभिनेताः सुरज खड्का(लभ लभ लभ)
८. उत्कृष्ट नव–अभिनेत्रीः दिया पुन(विर विक्रम)
९. उत्कृष्ट नव–निर्देशकः दीपाश्री निरौला(छक्का पन्जा)
१०. उत्कृष्ट खलपात्रः सौगात मल्ल(लूट २)
११. उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे( छक्का पन्जा)
१२. उत्कृष्ट पटकथाः दीपेन्द्र लामा( घामपानी)
१३. उत्कृष्ट पाश्र्व गायकः ताराप्रकाश लिम्बु( विर विक्रम)
१४. उत्कृष्ट पाश्र्व गायिकाः अन्जु पन्त(छक्का पन्जा)
१५. उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(छक्का पन्जा)
१६. उत्कृष्ट शब्दः दयाराम पाण्डे(पलाँस)
१७. उत्कृष्ट छायांकनः रविन आचार्य र दिवांकर सिग्देल(डाइङ क्यान्डल)
१८. उत्कृष्ट सम्पादनः मित्र गुरुङ( जात्रा)
१९. उत्कृष्ट कोरियोग्राफरः कविराज गहतराज(छक्का पन्जा)
२०. उत्कृष्ट द्धन्द्ध निर्देशकः राजकुमार उप्रेती(लुट २)