बलिउडमा आइटम गर्ल मलाइका अरोरा खानको पहिरनको खुबै चर्चा हुन्छ । मलाइका जहाँ पुग्छिन्, आफ्नो पहिरनले सबैको ध्यान खिच्ने गर्छिन् । छातीमा आधा भाग खुलेको पहिरन उनका लागि सबैभन्दा बढी रोजाइमा पर्छन् । तर, यसपटक भने मलाइका पहिरनमा चिप्लिएकी छिन् ।
‘मिस डिभा’ कार्यक्रममा सहभागी भएकी मलाइकाको पहिरन यसपटक पनि खुलेको थियो । छातीमा आधा खुलेको पहिरनमा पुगेकी मलाइकाको पहिरनलाई खराब भनेर भारतीय मिडियाले आलोचना गरेका छन् । मलाइको पहिरन हरेक तबरले खराब देखिएको बलिउडका फेसन डीभाहरुले पनि विश्लेषण गरिरहेका छन् ।
पहिरनमा सधै नै सजग रहने मलाइका यसपटक कसरी चिप्लिइन् त ? मलाइकाले लगाएको पहिरनदेखि उनको स्यान्डलसम्म खराब रहेको मिडियाको टिप्पणी छ ।