नेपाली फिल्म क्षेत्रमा अभिनेत्री नीशा अधिकारीले त्यस्तो उम्दा सफलता त पाइनन् । नीशा अधिकारीको करिअर सधै नै ढुलमुले अवस्थामा नै रह्यो । यसैले पनि नीशा जति विवादमा आइन्, त्यती फिल्मको बक्स अफिसमा सफल हुन सकिनन् ।
अहिले त नीशाले क्रिकेटर शरद भेष्वाकरसँग बिहे पनि गरिसकेकी छिन् । नीशा र शरदले बिहे गरेपछि अब उनी अभिनित फिल्मको व्यापारलाई असर पर्छ या पर्दैन भन्ने चर्चा सुरु भएको छ ।
शंकर कार्कीको निर्देशनमा हसनराजा खान र आशिका श्रेष्ठको निर्माणमा तयार भएको फिल्म ‘रोमियो’ नै बिहेपछि रिलिज हुन लागेको नीशाको पहिलो फिल्म हो । यसैले, यो फिल्ममा ‘कल गर्ल’को भूमिकामा देखिएकी नीशालाई दर्शकले यो रुपमा रुचाउँछन् कि रुचाउँदैनन् भन्ने चर्चा सुरु भएको हो ।
लभ स्टोरी कथामा बनेको फिल्ममा नीशाको पावरफूल भूमिका छ । धेरै अभिनेत्रीहरुलाई दर्शकले बिहेपछि रुचाएको पाइदैन । नीशा त्यो सूचीमा पर्लिन् या नपर्लिन्, ‘रोमियो’को व्यापारमा निर्भर रहनेछ ।