अभिनेता सलमान खान र इद पर्वको सम्बन्ध विशेष छ । कारण, सलमान खान आफ्नो प्राय फिल्म यही मितिमा नै रिलिज गर्छन् । इदमा रिलिज भएका उनका अधिकांश फिल्म हिट छन् । यो बर्षको इदमा रिलिज भएको फिल्म ‘ट्यूबलाइट’ भने बक्स अफिसमा असफल भयो ।
सलमान्, सन् २०१९ को इदको डेट पनि बुक गरेका छन् । यो मितिमा अब उनी अभिनित फिल्म ‘भारत’ पनि यो मितिमा रिलिज हुने भएको छ । यो फिल्मलाई अतुल अग्निहोत्रीले निर्माण गर्दैछन् भने सलमानसँग फिल्म ‘टाइगर जिन्दा हे’मा काम गरिरहेका निर्देशक अलि अब्बास जफरले यो फिल्म निर्देशन गर्दैछन् ।
यो एक कोरिएन फिल्मको रिमेक हो । यसका लागि आधिकारिक राइट्स पनि चाडै लिइने निर्माता अग्नीहोत्रीले मिडियासँग बताएका छन् । फिल्मको छायांकन सन् २०१८ को अप्रिलबाट गरिनेछ । निर्माताले भने–‘यो फिल्म हाम्रै शैलीमा बन्नेछ । तर, एन वड टू माई फादर’ नामक साउथ कोरियन फिल्मबाट प्रभावित हुनेछ । यसैले, हामी यो कुरा बताएर नै अधिकार लिदैछौ ।’