कतिपय अभिनेत्रीहरु फिल्ममा काम गरेर अत्यन्तै व्यस्त छन् । पहिलो फिल्मबाटै स्टार बन्ने अभिनेत्रीहरुको पनि यहाँ कमी छैन । तर, अभिनेत्री श्रद्धा प्रसाई भने यसमा अनलक्की देखिएकी छिन् ।
डेब्यू गर्न लागेको फिल्म छाडेर ‘दर्पण छाया २’मा काम गरेकी उनलाई यही फिल्मले धरापमा पारिदियो । हुनत, उनले फिल्म ‘रोमियो’बाट फिल्म क्षेत्रमा डेब्यू गर्न लागेकी थिइन् । तर, पछि ‘दर्पण छाया २ र प्रेमगीत २’मा खेल्ने लोभले ‘रोमियो’ छाडेकी उनी फिल्म नपाएर मौन छिन् ।
फिल्म ‘दर्पण छाया २’ बक्स अफिसमा पूर्ण रुपमा असफल हुनु, उनको अभिनयलाई दर्शकले नरुचाउनु लगायतका कारणले उनलाई अर्को फिल्ममा अनुवन्धित गर्न निर्माताहरुले नचाहेका हुन् । उनी, अहिले केही म्यूजिक भिडियोमा अभिनय गरेरै रमाइरहेकी छिन् ।
फिल्म ‘प्रेमगीत २’मा उनको भूमिका निकै कम थियो । करिअर सुरुवातमै असफल भएपछि श्रद्धाले अब यही क्षेत्रमै संघर्ष गर्लिन् त भन्ने प्रश्न पनि उठेको छ ।