कतिपय कलाकार हुन्छन्, जसको फिल्म असफल भएपछि उसको करिअ पनि चौपट हुन्छ । तर, कतिपय कलाकार हुन्छन् जसको फिल्म चलोस्, नचलोस् कलाकार भने चल्छन् । यस्तै, भएको छ अभिनेता अनुप विक्रम शाहीको करिअरमा पनि ।
अनुपले झट्ट संझदा उनको फिल्म कुनै पनि हिट छैन । फिल्म ‘विर विक्रम’ हिट भएपनि त्यसको क्रेडिट पूर्ण रुपमा अनुप विक्रमलाई जादैन । किनकी, फिल्ममा दयाहाङ राई र अर्पण थापालाई दर्शकले बढी रुचाए ।
तिहारमा रिलिज भएको अनुप विक्रम अभिनित फिल्म ‘रानी’ पनि बक्स अफिसमा असफल भयो । उनलाई दर्शकले अहिले अभिनेता भन्दा पनि खलपात्रको रुपमा रुचाइरहेका छन् । अनुप, पनि अफर आएका सबै फिल्ममा काम गरिरहेका छन् ।
अहिले नेपाली फिल्ममा अभिनेताको खडेरी छ । केही अभिनेता छन्, जो अफर आएका सबै फिल्ममा काम गर्दैनन् । अनुप मात्र यस्ता एक विकल्प बनेका छन्, जसले अफर आएका सबै फिल्म स्विकार गरेका छन् ।
उनको हातमा अहिले फिल्म नै फिल्म छ । हिरो होस् या भिलेन, उनी निर्माताको रोजाइमा परेका छन् । यसैले, पैसा पनि कमाइने काम पनि गरिने । यस अगाडिका केही अभिनेता जस्तै अनुपले पनि यही सोच राखेको प्रष्ट हुन्छ ।