साउथकी सुपरस्टार अभिनेत्री तमन्ना भाटिया बलिउड अभिनेता ऋतिक रोशनको त फ्यान नै भएकी छिन् । उनले, आफू ऋतिकको फ्यान भएको भन्दै उनीसँगको तस्बिर सहित ट्विट गरेकी छिन् ।
उनका अनुसार, ऋतिकका नृत्यका लागि त देवता नै हुन् । उनको जस्तो नृत्य कौशल अरु कोही अभिनेतासँग पनि छैन । एक रियालिटी शोको छायांकनका क्रममा तमन्नाले यशराज स्टूडियोमा अभिनेता रोशनसँग भेट गरेकी थिइन् । उनले त्यसपछि लेखिन्–‘ऋतिक सधै नै मेरा लागि प्रेरणाको श्रोत बनेका छन् । म उनकै कारण मनोरञ्जन क्षेत्रमा आएकी हुँ । म नृत्य सिक्दै छु, अनी ऋतिक नृत्यका देवता हुन् । यदि, अवसर मिल्यो भने म उनीसँग काम गर्न चाहन्छु ।’
उनले, कुनै दिन आफूलाई मनपर्ने अभिनेतासँग भेट गर्ने चाहना राखेको समेत लेखेकी छिन् । ऋतिकलाई भेटेपछि आफूले आफूलाई नै भाग्यमानी ठानेको तमन्नाको भनाई छ ।