अभिनेत्री सारिका घिमिरेले बिहिबार आफ्नो जन्मदिन मनाएकी छिन् । उनले आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाएकी हुन् । नेपाली फिल्म क्षेत्रमा लागेको केही बर्ष भए पनि सारिकाको करिअर सुखद छैन । उनी, हिट फिल्म र हिट ब्यानरको प्रतिक्षामा छिन् । तर, उनलाई त्यो सुख मिलेको छैन । उनै, सारिकाले अभिनय गरेको फिल्म ‘जीवन काँडा कि फूल’ रिलिजका लागि तयारी अवस्थामा छ ।
सारिकाले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ बानेश्वरको संगम चोकमा रहेको ‘नयाँ नेपाल समाज केन्द्र’का बालबालिकासँग मनाएकी छिन् । उनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेकी थिइन् भने खाना पनि खुवाएकी थिइन् । सारिकाले आफूले सधै यीनै बालबालिकासँग जन्मदिन मनाउँदै आएको पनि बताइन् ।
संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको बताए । अभिनेत्री सारिकाले जन्मदिन पार्टी गरेर मनाउन भन्दा पनि यसरि बालबालिकासँग मनाउँदा आफूलाई रमाइलो र आनन्द लाग्ने बताइन् ।
सारिकाले आफ्नो फिल्मी करिअर ‘हत्याकाण्ड’बाट सुरु गरेकी थिइन् । दर्जन बढी फिल्ममा अभिनय गरेपनि उनी नोटिस भने हुन सकेकी छैनन् ।