अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘कृ’ अहिले सबैको प्रतिक्षामा छ । फिल्म कस्तो बनेको होला र अनमोलको २ बर्ष लामो मिहिनेत पर्दामा कस्तो देखिएला भन्ने धेरैलाई लागिरहेको छ । तर, यो फिल्म रिलिज हुने कुनै चर्चा छैन । फिल्म माघ २६ गते रिलिज गर्ने चर्चा भएपनि पक्का भएको छैन ।
अभिनेता केसी अभिनित यो फिल्मको छायांकन अझै सकिएको छैन । फिल्मको नयाँ सेड्यूलको छायांकन सुरु गरिएको छ । दशै, तिहार र छठपछि फिल्मको नयाँ सेड्यूलको छायांकन सुरु भएको हो ।
अभिनेता केसी फिल्मको लागि द्धन्द्धको दृश्यमा व्यस्त छन् । अझै २० दिन लामो सेड्यूलमा फिल्म खिच्नुपर्नेछ । यस अगाडि छायांकन भएका सबै दृश्यको सम्पादन सकिएको छ । सुवास गिरी र भूवन केसीले मिलेर बनाएको यो फिल्ममा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मलाई ३ करोड भन्दा महंगो बजेटमा निर्माण गरिएको छ ।