अभिनेत्री नीता ढुंगानाले अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना भएको एक महोत्सवमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । अमेरिकाको चर्चित शहरमा आयोजना भएको ‘सान फ्रान्सिस्को फिल्म महोत्सव’मा नीताले ‘विदेशी भाषी’ विधा अन्र्तगत उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी हुन् । यस्तै, यो महोत्सवमा उनी अभिनित फिल्म ‘पंचायत’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।
यो महोत्सवमा सहभागी हुने अभिनेत्री नीता केही दिन अगाडि मात्र अमेरिका पुगेकी थिइन् । शिवम् अधिकारीको निर्देशनमा तयार भएको यो ऐतिहासिक कथामा बनेको फिल्म फागूणमा रिलिज हुँदैछ ।
अभिनेत्री ढुंगानाले अवार्ड प्राप्त गरेपछि आफू अत्यन्त खुशी भएको बताइन् । साथै, आफ्नो एउटा सपना पुरा भएको उनको भनाई छ । नीताले अभिनय गरेका केही कमर्सियल फिल्म असफल भएपनि उनले यो फिल्मबाट भने एक अन्तरराष्ट्रिय अवार्ड जितेका छन् । यसले नीताको करिअरलाई केही फरक पार्ने पक्का छ ।