बिहिबारदेखि रिलिज भएको फिल्म ‘ऐश्वर्य’ले बक्स अफिरमा राम्रो कमाई गरेको छ । निर्माण टिमले फिल्मको विकेन्ड कलेक्शन मात्र सार्वजनिक गरेको छ । फिल्मले पहिलो दिन विहिबार उपत्यकामा २८ लाख ८६ हजार १ सय ७ रुपैया र मोफसलमा १९ लाख ३० हजार ५ सय ७५ को ब्यापार गर्न सफल भएको थियो भने दोस्रो दिन शुक्रबार उपत्यकामा ३२ लाख ६६ हजार ७ सय ४३ र मोफसलमा २४ लाख ८३ हजार ३ सय ५० को ब्यापार गर्न सफल भएको थियो ।
पहिलो र दोस्रो दिन दर्शकको साथ् पाएको फिल्मले तेस्रो दिन शनिवार पनि उल्लेख्य साथ् पाएको थियो । तेस्रो दिन शनिवार उपत्यकामा ५६ लाख ६४ हजार ५ सय ३७ र मोफसलमा ३९ लाख ६६ हजार १ सय ७२ को व्यापार गर्न सफल भएको छ । फिल्मले तिन दिनमा २ करोड १ लाख ९७ हजार ४ सय ८४ को ग्रस कलेक्सन गर्न सफल भएको छ ।
३ दिनमा २ करोड भन्दा बढीको व्यापार गरेको फिल्मले आइतबार, सोमबार पनि दर्शकको राम्रै साथ पाएको छ । डेढ करोडको बजेटमा निर्माण भएको फिल्मलाई लगानी उठान ४ करोड हारहारीको व्यापार गर्नुपर्ने हुन्छ । यसरि, हेर्दा नेपालमा यो फिल्मले लगानी मात्र उठाउने देखिएको छ ।
यो फिल्ममा रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं, केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ , विकास खतिवडा ,तेन्जु योन्जन लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ ।