फिल्म ‘भोर’को छायांकन सकिएको छ । जनकपुरमा फिल्मको सम्पूर्ण छायांकन गरिएको हो । मधेसमा देखिएको दाइजो प्रथाको बिषयमा यो फिल्म बनेको छ । फिल्मलाई निर्देशक यादव भट्टराइले निर्देशन गरेका हुन् । यादवले यस अगाडि निर्देशन गरेको फिल्म ‘झोला’ले निकै चर्चा पाएको थियो ।
पहिलो फिल्मलाई सतिप्रथाको बिषयमा बनाएका यादवले यसपटक भने मधेसमा हुने गरेको दाइजोको कथालाई उठान गरेका छन् । फिल्मको छायांकन सकिएको जानकारी जनकपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा दिइएको छ । कृष्ण धारावासीको कथामा निर्माण भएको फिल्ममा देवेन्द्र प्रसाद पराजुली कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राज तिमिल्सिना र रामगोपाल थापा निर्माताको रुपमा छन् ।
यो फिल्ममा मिथिलाञ्चलका चर्चित कलाकारहरुको अभिनय छ । फिल्ममा रामनारायण ठाकुर, मदन ठाकुर, परमेश झा, विएन पटेल, राजेश सक्सेना, डली सरकार लगायतको अभिनय छ । मैथिली समुदायमा फिल्म खिचेपनि नेपाली भाषामा नै बनेको यादवले बताएका छन् ।
फिल्मलाई दिपक बज्रचार्यले खिचेका हुन् । मैथिली शब्द ‘भोर’ले बिहानीको किरण बन्ने अर्थ बताउँछ ।