प्रचारमा निकै दौडधुप र नयाँ नयाँ उपाय अपनाएपनि कात्तिक १७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फाटेको जुत्ता’लाई खासै फाइदा भएको छैन । फिल्म रिलिजको दिन नजिकिदै गर्दा यसका निर्माता अर्जुन कुमार र निर्देशक निकेश खड्कालाई दबाब बढेको छ ।
फिल्मको गीत युटुबमा ठिकै रुचाइएपनि ट्रेलरले हाइप पाउन सकेको छैन । फिल्मका मुख्य अभिनेता सौगात मल्लले प्रचारमा केही साथ दिएपनि अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा मात्र साथ दिएकी छिन् ।
सौगात र प्रियंकाबाट पार लाउने छाट नदेखिएपछि यसका निर्माताले अब छोटो भूमिकामा देखिएका अर्का अभिनेता दयाहाङ राइको रुप सार्वजनिक गरेका छन् । फिल्ममा दयाको भूमिका हेर्दा दर्शकलाई कौतुहलता त हुन सक्ला ।
तर, अहिले दया र सौगातको बक्स अफिसमा खासै राज छैन । यसैले, अन्तिम अस्त्रको रुपमा प्रयोग गरिएका दयाहाङबाट अर्जुन आशावादी त छन् । तर, सिंगल र मल्टिप्लेक्स दुबैमा चल्न छाडेका दया र सौगातले अर्जुनको ‘फाटेको जुत्ता’लाई बक्स अफिसमा पार लगाउलान् र ?