मनिषा कोइरालाले बलिउडमा सफलता हात पारेपनि अन्य नेपाली कलाकारले भने बलिउडमा खासै सफलता पाएका छैनन् । झरना बज्रचार्यले फिल्म ‘लभ इन नेपाल’मा अभिनय गरेपनि त्यसपछि कुनै उचाई बलिउडमा प्राप्त गर्न सकिनन् । केही कलाकारले फाट्टफुट्ट बलिउडमा काम गरेपनि सफलता प्राप्त गर्नेमा मनिषा बाहेक अरुको नाम खासै छैन ।
बलिउडमा प्रयास गर्ने नेपाली कलाकारहरुको संख्या पनि कमी छैन । गोप्य रुपमा अडिसन दिने धेरै कलाकार असफल भएका हुन्छन् । तर, अब एक अभिनेत्री भने बलिउडमा पाइला राख्न सफल भएकी छिन् । सन्नी लियोनीको एक भिडियोको कभर भिडियोमा काम गरेकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठले अब बलिउडमा पाइला राखेकी छिन् ।
उनले, नेपालमा समेत छायांकन हुने यशराज ब्यानरको नयाँ फिल्म ‘सन्दिप और पिंकी फरार’मा काम गर्ने पक्का भएको हो । प्रेमी सौगात मल्लसँग उनी मुम्बई पुगेर अडिसन दिएकी थिइन् । अडिसनबाट श्रृष्टी छनोट भएकी हुन् ।