नेपाली फिल्मका कलाकारले बलिउडमा प्रयास गर्नु कुनै नौलो कुरा होइन । केही कलाकार बलिउडमा समेत फड्को मार्ने प्रयास गरिरहेका छन् । अभिनेत्री श्रृष्टी श्रेष्ठले बलिउडमा पाइला राखेको खबर त तपाइले थाहा पाइसक्नु भएको छ ।
तर, नेपाली फिल्मकी एक चर्चित अभिनेत्रीले पनि बलिउडमा प्रयास गरेको खबर बाहिरिएको छ । नेपाली फिल्मकी चर्चित अभिनेत्री प्रियंका कार्कीले बलिउडमा प्रयास गरिरहेकी छिन् ।
केही दिन अगाडि मुम्बई पुगेर ३ दिन बसेकी अभिनेत्री कार्कीले बलिउड फिल्मका लागि अडिसन दिएको खुलेको छ । प्रेमी आयुष्मान देशराजसँग तस्बिर खिचाएर कार्कीले मुम्बई जानुको ध्यान अन्तै मोड्न खोजेपनि उनी एक बलिउड फिल्मको अडिसनका लागि त्यता पुगेकी थिइन् ।
अब, अडिसनबाट उनी पास हुन्छिन् या हुदिनन् केही दिनमै थाहा हुनेछ । तर, नेपाली फिल्ममा समेत चर्चामा रहेकी प्रियंकाले बलिउडमा पनि हात हाल्ने दाउ खोजिरहेकी छिन् ।