यस्तो लाग्दैछ, अभिनेता अर्पण थापा र अभिनेत्री ऋचा शर्माको प्रेम झनै बलियो बन्दैछ । उनीहरु, रियल लाइफमा मात्र होइन रिल लाइफमा कसिलो बनेर फिल्ममा काम गरिरहेका छन् ।
अर्पण र ऋचाले नै निर्माण गरेको फिल्म ‘सुनकेशरी’को फस्टलुक रिलिज भैसकेको छ । अब, फिल्म ‘फिर्के’मा पनि ऋचा र अर्पण देखिएका छन् । पौष १४ गतेलाई यो फिल्मको प्रदर्शन मिति तय गरिएको छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, सुलेमान शंकर, क्रिस्टिना पौडेल, बिष्णु सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्ममा ओमलाल गुरुङ र राजेश श्रेष्ठले लगानी गरेका छन् । अभिमन्यू निरबीले यो फिल्म लेखेका हुन् । रवि डंगोलले निर्देशन गरेको यो फिल्मलाई सुलेमान शंकरको प्रस्तुतीमा तयार गरिएको हो ।
फिल्मको फस्टलुकले पनि केही उत्सुकता बढाएको छ । सुलेमान यसपटक फिल्म निर्माणमा आफू सफल हुने दाबी गर्छन् ।