बलिउडका सुपरस्टार अभिनेता साहरुख खान आजबाट ५२ बर्षमा प्रवेश गरेका छन् । साहरुखको जन्म भारतको दिल्लीमा भएको थियो । दिल्लीमा सामान्य परिवारमा जन्मिएका साहरुख अहिले बलिउडका वादशाहको नामले चिनिन्छन् ।
साहरुखले आफ्नो जन्मदिन आफ्ना फ्यान, मिडिया र फिल्मीकर्मीसँग सेलिव्रेट गरिरहेका छन् । साहरुखको घर ‘मन्नत’ अगाडि फ्यानको भिड वुधबार रातीदेखि नै लागेको छ । तर, साहरुख घरमा नभएकाले अहिलेसम्म फ्यानलाई अभिवादन गर्न निस्एिका छैनन् ।
नोभेम्बर २ मा जन्मिएका साहरुखलाई जन्मदिनको शुभकामना दिन विश्वभरबाट उनका फ्यान मन्नत अगाडि पुग्ने गरेका छन् । फिल्म ‘दिवान’बाट बलिउडमा प्रवेश गरेका अभिनेता साहरुख खानले ७० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनलाई बलिउडमा ‘किङ खान, बादशाह, रोमान्सका बादशाह’ लगायतका नामले बोलाइन्छ ।
साहरुखले अभिनय गरेको फिल्म ‘दिलवाले दुल्हनिया ले जायंगे’ विगत २१ बर्षदेखि मुम्बइको मराठा मन्दिरमा प्रदर्शन भैरहेको छ । साहरुखले अभिनय गरेका अधिकांश फिल्म हिट छन् । बक्स अफिसमा समेत सफल मानिएका साहरुख विश्वकै दोश्रो धनी कलाकार समेत हुन् ।
बलिउडका वादशाहलाई जन्मदिनको धेरै धेरै शुभकामना ।