नेपाली फिल्मका कलाकारको पारिश्रमिक महंगिनु अब नौलो कुरा रहेन । एउटा फिल्म चलेपछि महंगो पारिश्रमिक माग्न थालेका छन् कलाकारले । अनमोल केसी, प्रदिप खड्काहरुले २० लाख माथिको पारिश्रमिक मागेको घटना नौलो रहेन । अब, अर्का एक अभिनेताले पनि महंगो पारिश्रमिक लिएर फिल्म खेल्ने भएका छन् ।
निश्चल बस्नेतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘फनफनी’का लागि अभिनेता विपिन कार्कीले महंगो पारिश्रमिक लिएको खबर बाहिरिएको छ । यो फिल्ममा काम गर्नका लागि विपिनले १७ लाख माथिको पारिश्रमिक लिएका छन् । तर, यो फिल्म रिलिज अगावै अब उनले अर्को फिल्ममा काम गर्न पाउने छैनन् । फिल्मलाई ‘भद्रगोल’ सिरियलबाट हिट भएका जिग्री–पाँडे’को जोडीले बनाउँदैछ ।
यो फिल्मका निर्देशक बस्नेतले पनि २५ लाख पारिश्रमिक लिएका छन्. । निश्चलले पनि यो फिल्म रिलिज नभएसम्म अर्को फिल्ममा काम गर्न नपाउने संझौता गरेका छन् । फिल्मका लागि अभिनेत्रीको खोजी धमाधम गरिएको छ ।