‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को सहकार्यमा निर्माण भएको फिल्म ‘अग्नीदहन’को फस्टलुक र टिजर रिलिज भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो ।
नेपाली समाजमा अझै पनि जिवितै रहेको बोक्सी प्रथालाई पूर्ण रुपमा निर्मुल पार्ने उद्देश्यका साथा यो फिल्म निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइयो । यो फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्माता कोवित शरणले यो फिल्म पूर्ण रुपमा सामाजिक कथामा निर्माण भएको बताएका थिए ।
निर्माता कोवितले बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई अझै पनि नेपालका विभिन्न जिल्लामा सजायँ दिने गरिएको बताउँदै त्यस्ता जिल्लामा फिल्म प्रदर्शन गरिने बताए । यो फिल्ममा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माओत्से गुरुङ, तुलास क्षेत्री, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ । फिल्ममा दिर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ ।