अभिनेता दयाहाङ राई भर्सटायल कलाकार हुन् । उनी, फिल्ममा जिवन्त अभिनयदेखि रोमान्ससम् मगर्न सक्छन् । यो कुरा, उनले भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘तान्द्रो’बाट पनि पुष्टी गरेका छन् ।
साप्तेन भुटियाले आधा दर्जन फिल्म निर्देशन गरिसकेपनि उनी निर्देशित दोश्रो फिल्म बनेको छ, ‘तान्द्रो, जुन हलमा लाग्दैछ । फरक कथामा फरक प्रस्तुतीका साथ फिल्म बनाउन साप्तेन अगाडि सर्छन् ।
तत्कालिन माओवादी जनयुद्धको समयमा सांकृतिकी विभागका एक कमाण्डरको वास्तविक कथामा यो फिल्म बनेको छ । फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन् भने वुद्धि तामाङ, कमलमणि नेपाल लगायतले उनलाई साथ दिएका छन् ।
खेतमा लडेको एक कमाण्डर र उसले भोगेका केही दिनका घटनालाई फिल्ममा उतारिएको छ । अभिनेता दयाको कामको काठमाण्डौमा आयोजना गरिएको प्रिमियरमा पुग्नेहरुले खुलेरै प्रशंसा गरेका थिए ।