२ वटा फिल्म एकसाथ आउँदा पनि त्यसले फाइदा कसैलाई गर्दैन । तर, एकसाथ ४ फिल्म हलमा लाग्दा त्यसले पक्कै घाटा हुन्छ । शुक्रबार अर्थात आजबाट ४ नेपाली फिल्म हलमा लागेका छन् । यो साता रिलिज हुने फिल्ममा ‘मेला, रोमियो, तान्द्रो र सकस’ छन् ।
हरि पन्तको प्रस्तुतीमा बसन्त निरौला निर्देशित फिल्म ‘मेला’ले मित्रताको कथालाई उठान गरेको छ । यो फिल्ममा अशिष्मा नकर्मी, आमेष भण्डारी र सलोन बस्नेत मुख्य भूमिकामा छन् ।
आजैबाट हसनराजा खानको निर्माण तथा शंकर कार्कीको निर्देशनमा बनेको फिल्म ‘रोमियो’ पनि हलमा लागेको छ । यो फिल्ममा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको अभिनय छ । यो फिल्म लभस्टोरी जनरामा निर्माण भएको छ ।
तत्कालिन माओवादी जनयुद्धको कथामा निर्माण भएको फिल्म ‘तान्द्रो’ पनि हलमा लागेको छ । साप्तेन भुटियाको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राइ केन्द्रिय भूमिकामा छन् । यस्तै, फिल्म ‘सकस’ पनि आजैबाट रिलिज भएको छ ।